logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ: अध्यक्ष ढकाल

    आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ: अध्यक्ष ढकाल

    2.1K
    Shares
    आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ: अध्यक्ष ढकाल

    काठमाडाैँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ दशकमा नयाँ उत्साहका साथ हामी अगाडि बढ्न चाहेको भए पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर जानुपर्नेमा जोड दिएका छन् ।

    ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आर्थिक वृद्धिको आधार तयार पार्न हामी सबै जुट्नुपर्छ । बजारमा माग बढाउनु जरुरी छ । इन्धनको मागमा वृद्धि गरेर जानुपर्छ । राज्य र निजी क्षेत्रको साझा प्रयासबाट मात्रै अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न सकिन्छ ।’

    उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनेसम्बन्धी संसद्मा विचाराधीन विधेयकप्रति गुनासो गरे।

    कार्यक्रममा अर्थशास्त्री अच्यूत वाग्लेले अर्थतन्त्रसँग जोडिएको विषय समेटिएको कार्यपत्र पेस गरेका थिए । यस्तै कार्यक्रममा अर्थतन्त्रसँग जोडिएका अन्य विभिन्न चार वटा कार्यपत्र पेस गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend