logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्जिवित गराउन लागिपर्ने: प्रधानमन्त्री दाहाल

    नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्जिवित गराउन लागिपर्ने: प्रधानमन्त्री दाहाल

    1.7K
    Shares
    नेपाल कम्युनिष्ट पार्टीलाई पुनर्जिवित गराउन लागिपर्ने: प्रधानमन्त्री दाहाल

    काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पुनर्जिवित गराउन लागिपर्ने बताएका छन् ।

    केही दिन भित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जिवित गराउनका लागि अपिल गर्ने पनि उनले योजना सार्वजनिक गरे । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौं कम्युनिष्ट कार्यकर्ताहरुले मन पराएको नेकपालाई पुनर्जिवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने तर्क समेत गरे ।

    उनले नेताहरुको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अव देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढनुपर्ने बताए । प्रधानमन्त्री दाहालले नेकपालाई पुनस्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

    उनले भने, ‘फेरी पनि कम्युनिष्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई एकतावद्ध गर्ने आवश्यक्ता र जिम्मेवारी पूरा भयो भन्ने होइन । फेरी पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । हामी त्यही प्रक्रियामा छौं । जो कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरु अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन् । हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौं । राष्ट्र र जनताको आवश्यक्ता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्दछ भन्ने पक्षमा हामी छौं । अहिले कमरेड माधवकुमार नेपाललगायत हामी थुप्रै नेताहरुसँग अहिले जे छलफल भईरहेको छ । हामी भनिराखेका छौं–नेकपातिर नै फर्कनु पर्दछ । कम्युनिष्ट पार्टी भित्र नेतृत्वलाई भन्ने के गरिन्छ भने कि हो । नेतृत्व भनेको चावी हो भन्ने गरिन्छ । र, हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगिकार ग¥यो भने धेरै ठूलो क्षति हुन्छ । र, ठूलो प्रतिक्रान्ति हुन्छ । त्यो हामीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन र क्रान्तिमा पनि देख्यौं । हामीले आफ्नै आँखा अगाडि पनि देख्यांै ०७४ को निर्वाचन । एउटा ठूलो अग्रगामी कदम थियो कम्युनिष्टहरुले चालेको । त्यो प्रस्ताव गर्ने हामी नै थियौं । मैले धेरै चोटी भनेको छु–त्यसको पहिलो प्रस्ताव औंपचारिक रुपमा मैले नै राखेका थिए–एकता गरौं, चुनाव मिलेर लडौं । र, कम्युनिष्ट पार्टीलाई पनि एकतावद्ध गरौं । देश र जनताले त्यही खोजेको छ । राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकताको निम्ति पनि कम्युनिष्टहरु एक हुन जरुरी छ । जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यक्तालाई सम्बोधन गर्नपनि कम्युनिष्टहरु एक हुन जरुरी छ । र, लोकतन्त्रको सुदृढीकरणका निम्ति, गणतन्त्रलाई मजदुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी छ । यो ऐतिहासिक आवश्यक्ता हो । हामीले त्यो पहलकदमी लियांै भने असाधारण र महान काम हुनेछ भनेर नै सो प्रस्ताव गरिएको थियो । र, म अहिले फेरी आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा अहिले पनि यो देशका एकता र सुदृढीकरणको निम्ति हामी एक हुन जरुरी छ । आउनुहोस् बसौंसँगै । विना आग्रह, पूर्वाग्रह समिक्षा गरौं । विचार धारात्मक रुपमा समिक्षा गरौं । आत्म समिक्षा गरौं । र, राष्ट्रको हितमा एकताको एउटा नयाँ पहल सुरु गरौं । त्यसो गरेर मात्रै हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुन सक्नेछौं । हामी अहिले केही कम्युनिष्ट पार्टीहरु, कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं । अघि माधवजीले पनि राख्नु भयो । मलाई लाग्छ अरु साथीहरुले पनि राख्नु होला । हामीले पहिलो जस्तो तरिकाले सुरु गरौ वा अलि नयाँ तरिकाले सुरु गरौं । पहिला चाँही अहिलेको राष्ट्रको आवश्यक्तालाई राष्ट्रियता, जनतन्त्र, जनजीविका, विकासको आवश्यक्ता, दलाल पूँजीवादको विरुद्ध संघर्षको आवश्यक्ता महशुस गर्नेहरु सबै एउटा मोर्चामा आवद्ध होऊ । र, त्यो मोर्चाबाट एउटा सन्देश दिऊ–भविष्ट उज्ज्वल छ । हामी फेरी एकतावद्ध हुन सक्छौं भन्ने सन्देश दिऊ । छलफलको क्रम त्यहीबाट सुरु गरौं । विचारधारा, राजनीतिक छलफल गरौं । अनि फेरी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने एउटा नयाँ संकल्प गरौं भन्नेमा हामी छौं । र, म के घोषणा गर्न सक्छु भने–केही दिन भित्रै समाजवादी मोर्चा गठन गरिनेछ । र, त्यहीबाट कम्युनिष्ट आन्दोलनको नयाँ धुब्रीकरणतिर जानेछौं । र, त्यो मोर्चाले नेकपातिर फर्कनका लागि सबैसबैलाई अपिल गर्नेछ । किनकी त्यो नेकपा नेताहरुको सनकका कारणले दुर्घटनामा परेपनि जनता र आम लाखौं कार्यकर्ताहरुले अनुमोदन गरेको एकता हो । त्यो एकता हामीद्धारा प्रस्तावित एकता हो । त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जिवित गर्न चाहन्छौं । त्यसकारण हामी कोही आग्रहमा नजाउ, पूर्वाग्रहमा नजाउ । देशको आवश्यक्तालाई हेरांै । जनताको चाहनालाई हेरौं । अहिले विचार, राजनीति, मूल्य, मान्यताभन्दा बाहिरबाट अराजकता सृजना गर्ने जो कोसिस भईराखेको छ । हजारौंको बलिदान र दशकौको संघर्षबाट नेपाली जनताले उपलब्धिहरुमाथि प्रहार गर्ने जो दुस्साहस भएको छ । त्यसको प्रतिकार गर्ने पनि वामपन्थी, कम्युनिष्ट देशभक्त शक्तिहरुले नै त्यसको प्रतिकार गर्नु पर्नेछ ।’

    प्रधानमन्त्री दाहालले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यता भन्दा बाहिरबाट अराजकता सृजना गर्ने कोसिस भईरहेको दोहो¥याउँदै त्यसलाई रोक्न पनि कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्ने अवस्था रहेको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend