logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल

    मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल

    1.8K
    Shares
    मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्णः अध्यक्ष ढकाल

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहको बताएका छन् ।

    बिहीवार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

    उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताए । अध्यक्ष ढकालले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको लागि चुनौतिपूर्ण रहेको बताए । उनले पछिल्लो समय उद्योगी व्यवसायीहरुको आत्मबल बढ्न नसकेको बताए ।

    उनले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीतिहरु ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउन आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले अर्थतन्त्रको वर्तमान अवस्थामा उद्योगी व्यवसायीहरुको आत्मबल बढाउने काम नगरेसम्म अर्थतन्त्रमा सुधार आउन नसक्ने बताए ।

    अध्यक्ष ढकालले अर्थतन्त्रमा आएका वर्तमान समस्या र चुनौति समाधान गर्न सरकार,नियमन निकाय र निजी क्षेत्र सबै हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले अर्थतन्त्रमा वर्तमान समस्या र चुनौति आउनुमा निजी क्षेत्र,नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए । उनले निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा,शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुको पनि दोष भएको बताए ।

    उनले मुलुक श्रीलंका बन्छ भन्दै मौद्रिक नीतिमा कडाई गर्ने पोलिसी मेकरको पनि दोष रहेको दाबी गरे । उनले वर्तमान मुलुकको अर्थतन्त्रको समस्या र चुनौतिबाट बाहिर आउनको लागि सबै पक्ष मिलेर जानुको विकल्प नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend