logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • १० दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

    १० दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

    2.3K
    Shares
    १० दशमलव ६६ अङ्कले बढ्यो नेप्से परिसूचक

    काठमाडौँ । साताको पहिलो दिन लगातार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ अङ्कमा पुगेको छ ।

    आजको कारोबारमा विभिन्न दुई सय ६९ वटा कम्पनीका २८ लाख ३६ हजार एक सय ३९ कित्ता शेय ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ बराबरको कारोबार भएका छन् ।

    सबै समूहको उपसूचकमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ७५ दशमलव ०१ र होटल तथा पर्यटन समूहको उपसूचक ६५ दशमलव ८४ अङ्कले बढेको छ । बैंकिङ समूह तीन दशमलव ५८, विकास बैंक समूह २८ दशमलव ३९, वित्त समूह सात दशमलव ७६, जलविद्युत् समूह २४ दशमलव ५८ र लगानी समूह शून्य दशमलव ४९ अङ्कले बढेको छ ।

    त्यस्तैगरी, उत्पादन तथा प्रशोधन ५८ दशमलव ५९, लघुवित्त १० दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०२, निर्जीवन बीमा २० दशमलव ६०, व्यापार दुई दशमलव ३५ र अन्य समूह तीन दशमलव ३७ अङ्कले बढेको छ ।

    पिपुल पावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै छ दशमलव ४७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ६८ अङ्कले घटेको छ ।

    कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ६ करोड ९६ लाख २५ हजार नौ सय १३ बराबरको तीन लाख ६५ हजार पाँच सय एक कित्ता शेयर किनबेच भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend