logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • आठ सय रुपैँयाले घट्यो सुनको भाउ

    आठ सय रुपैँयाले घट्यो सुनको भाउ

    2.5K
    Shares
    आठ सय रुपैँयाले घट्यो सुनको भाउ

    काठमाडौँ । बिहिवारकाे तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैँयाले घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ ।

    अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend