logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • धनगढीमा चिकित्सक मृत भेटिएको घटनामा युवक प्रहरी नियन्त्रणमा

    धनगढीमा चिकित्सक मृत भेटिएको घटनामा युवक प्रहरी नियन्त्रणमा

    2.2K
    Shares
    धनगढीमा चिकित्सक मृत भेटिएको घटनामा युवक प्रहरी नियन्त्रणमा

    धनगढी । कैलालीको धनगढीमा डाक्टर मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    धनगढीस्थित मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाह बिहीबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि घटना अनुसन्धानका लागि प्रहरीले धनगढीकै विकल केसीलाई नियन्त्रण गरी अनुसन्धान थालेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले मृतकका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका जनाकारी दिए ।

    शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डा. सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ ।

    घटना अनुसन्धानको प्रारम्भिक चरणमा रहेकाले धेरै कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend