logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • रुपन्देहीबाट २२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

    रुपन्देहीबाट २२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

    1.5K
    Shares
    रुपन्देहीबाट २२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

    रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार बुधबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।

    सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए ।

    बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend