logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • रौतहटमा ७० वर्षीय वृद्धको गोली हानेर हत्या

    रौतहटमा ७० वर्षीय वृद्धको गोली हानेर हत्या

    5K
    Shares
    रौतहटमा ७० वर्षीय वृद्धको गोली हानेर हत्या

    रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या गरिएको छ । देबाही गोनाही–१ का ७० वर्षीय शेख तैयाबको हत्या भएको हो ।

    इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहका अनुसार घरदेखि एक किलोमिटर दूरीमा लक्ष्मीनिया जाने सडकमा तैयबको शव भेटिएको हो ।

    हत्या गरिएका तैयबको टाउकोमा चोट देखिएको इन्सपेक्टर साहले बताए ।

    प्रहरीले हत्या कसले गरेको एकिन नभएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। तर, मृतकका छोरा शेख असलमले गाउँकै मजहर आलम भनेर चिनिने मोगले आलममाथि हत्याको आरोप लगाएका छन् ।

    २०७९ फागुन १५ मा तैयबका नाति शेख रिजवान मोगले आलको छोरीलाई लिएर बिहे गर्ने भन्दै सम्पर्कविहीन भएका थिए । १० दिनपछि मोगलेको छोरी इलाका प्रहरी कार्यालय गरुडामा हाजिर भइन् ।

    प्रहरीलाई उनले दिएको बयानको आधारमा तीनजनामाथि अपहरण तथा जबर्जस्ती करणी मुद्दासमेत चलेको छ ।

    उक्त घटनापछि तैयब र मोगलेको दुश्मनी सुरू भयो ।

    ‘मोगले पटक–पटक धम्की दिने गरेका थिए । उनले मुद्दा चलाएकाहरू धरौटीमा छुटेको बिहान रातिनै मेरो बुबाको हत्या भयो । मोगले र उनका मान्छेले नै हत्या गरेका छन् ।’ तैयबको हत्या भएपछि उनका छोरा शेख असलमले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend