logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले विपक्षीले उठाएका विषयमा सदनमा जवाफ दिने

    प्रधानमन्त्री प्रचण्डले विपक्षीले उठाएका विषयमा सदनमा जवाफ दिने

    1.3K
    Shares
    प्रधानमन्त्री प्रचण्डले विपक्षीले उठाएका विषयमा सदनमा जवाफ दिने

    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न छलफल गरेका छन् ।

    सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संघीय संसद्को अवरोध हटाउने विषयमा संवाद् गरेका हुन् । उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै प्रतिपक्षी दलहरुसँग संवाद गर्नसमेत अनुरोध गरेका छन् ।

    सभामुखको सचिवालयका अनुसार आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भए लगत्तै उनले प्रधानमन्त्री दाहालसँग सो आग्रह गरेका हुन् ।

    सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भने, ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन।’

    सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आजको संसदमा आफूले प्रस्टीकरण दिने उल्लेख गरेका छन्। ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त पार्दै भनेका छन् ।

    सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीमार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरे ।

    भारत भ्रमण जानु अघि नागरिकता विधयेक प्रमाणीकरण गरेको तथा सीमा विवाद मिलाउनका लागि ब‌‌गलादेशसँग पुग्ने भूमि दिए भारतसँग कालापानी साटन मन्जुर रहेको अभिव्यक्ति दिएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै आइतबार संघीय संसद्का दुईवटै सदन अवरुद्ध पारेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend