logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलालीमा घर नजिकैको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

    कैलालीमा घर नजिकैको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

    1.8K
    Shares
    कैलालीमा घर नजिकैको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

    धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।

    प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको हो ।

    उनले महिलाको बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको जानकारी दिए ।

    बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

    उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने आशंका रहेको प्रहरीको भनाई छ । घट्नाको थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend