logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • लेखकहरुले पाउने पुरुस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला

    लेखकहरुले पाउने पुरुस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला

    2.5K
    Shares
    लेखकहरुले पाउने पुरुस्कारमा राज्यले कर लगाउन हुँदैनः बैरागी काँइला

    काठमाडौं । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरुले पाउने पुरुस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । मंगलवार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताएका हुन् ।

    उनले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्नता रहेको भन्दै पुरुस्कारमा कर लगाउनु उचित नभएको बताए । उनले पारिश्रमिक नियमित हुने भएको भन्दै पारिश्रमिकलाई ऐन बमोजिमको कर लगाउनु राम्रो भएको बताए । उनले लेखकले ५० वर्षपछि एक पटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताए ।

    उनले सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरुस्कारमा कर लगाउन नहुने जिकिर गरे । उनले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोके बमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरुले अब विचार गर्नुपर्ने बताए । उनले पुरस्कार घोषणा भए बमोजिमको पुरस्कार पाउनुपर्ने बताए । उनले अब सरकारलाई लेखकहरुले कर १५ वा २५ प्रतिशत कति तिर्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

    उनले लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको बताए । उनले यो अवस्थाबाट आम नेपाली लेखकहरु पीडित रहेको बताए । उनले नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताए ।

    उनले भने, ‘लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कार भिन्न चिज हुन् । पारिश्रमिक नियमित हुन्छ । त्यसमा ऐन बमोजिमको कर लाग्दा हुन्छ । पुरुस्कार भनेको फाटफुट पाइन्छ । २० वर्षमा पछि समेत पाइन्छ । गोरखापत्र स्थापना भएको ५० वर्षपछि उहाँले सम्मान पाउनुभयो । अनि के को पुरस्कारमा कर लगाउनु प¥यो । राज्यको कर लाग्ने नियमित आम्दानीमा हो । भेटेको पैसामा के को कर ? यस्तो कुरा पुरस्कार दिने संस्थानहरुले ध्यान दिनुपर्छ । मैले अहिलेसम्म धेरै पुरस्कारहरु पाए । तर कुनै पनि संस्थानहरुले तोकिएको आयकर कट्टा गरेर तोकिएको रकममा बाँकी रकम दिएन । एक लाख पुरस्कार घोषणा अनुसार एक लाख रुपैयाँ नै दियो । तोकेर दिने पुरस्कार बराबरको रकम दिनुपर्छ । कर कट्टी गर्ने रकम आफ्नै खातामा लगाउँदा हुन्छ । अब सरकारलाई लेखकहरुले कर कति दिनुपर्ने हो । १५ प्रतिशत हो वा २५ प्रतिशत हो । लेखकले लेखेको लेख कुनै पत्रिकाले छाप्यो ३ सय रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काटेर दिन्छ । यो अवस्थाबाट आम लेखकहरु पीडित छन् । नेपाली लेखकहरुले लेखेर ठूलो रकम पाउन नकिने भन्ने थाहा छ । त्यसैले गुनासो नगरी जति दिएपनि उनीहरुले लिने गर्छन् ।’

    मधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसरमा मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मान वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई सम्मान गरिएको छ । गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ ।

    मधुपर्क सम्मान २०८० (पद्य), वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ र मधुपर्क सम्मान, २०८० (गद्य) वरिष्ठ आख्यानकार एवं समालोचक पुष्कर लोहनीलाई प्रदान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend