logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कोशीमा आन्दोलनरत पहिचानवादी र सरकारबीच वार्ता हुँदै

    कोशीमा आन्दोलनरत पहिचानवादी र सरकारबीच वार्ता हुँदै

    1.8K
    Shares
    कोशीमा आन्दोलनरत पहिचानवादी र सरकारबीच वार्ता हुँदै

    काठमाडौँ । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिसँग प्रदेश सरकारले आज (सोमबार) वार्ता हुने भएको छ।

    प्रदेश सरकार स्रोतका अनुसार सोमबार बिहान विराटनगरमा दुवै पक्षबीच वार्ता हुने तयारी गरिएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले प्रदेश सरकारसँग वार्ता गर्न टोली बनाएको बताइएको छ ।

    सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि प्रदेश सरकारले पहिचानवादी आन्दोलनकारीसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति गठन गरेको थियो ।

    नामबारे कुनै बहस नहुने बताउँदै आएका मुख्यमन्त्री हिक्मत कार्कीले आफू अल्पमतमा परेपछि भने वार्ता समिति बनाएका थिए।

    उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य सम्मेलित खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा समिति बनाएर सरकारले वार्ता आह्वान गरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend