logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • आरती साह हत्या प्रकरण: निष्पक्ष र प्रभावकारी अनुसन्धान नभएको भन्दै माइती पक्षको जिल्ला अदालत धनुषामा विरोध

    आरती साह हत्या प्रकरण: निष्पक्ष र प्रभावकारी अनुसन्धान नभएको भन्दै माइती पक्षको जिल्ला अदालत धनुषामा विरोध

    3.7K
    Shares
    आरती साह हत्या प्रकरण: निष्पक्ष र प्रभावकारी अनुसन्धान नभएको भन्दै माइती पक्षको जिल्ला अदालत धनुषामा विरोध

    काठमाडौं । आरती साहका लागि न्याय माग्दै माईतीपक्षले जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन गरेका छन् ।
    धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माईतीपक्षको आरोप छ ।

    आरती साहको माईती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँ दुवै ठाउँमा बिरोध प्रदर्शन गर्दै आईरहेका छन् । मंगलवार जनकपुरधामस्थित जिल्ला अदालत अगाडी प्रदर्शन गर्ने क्रममा माईती पक्षले ढुंगामुढा गरेका छन् । आरती साह प्रकरणमा अनुसन्धान फितलो भएको भन्दै माईतीपक्षले बिरोध जनाएका हुन् ।

    मृतक आरतीको माईतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडपसमेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् ।

    परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै बिरोध गरिएको हो ।

    गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्वन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सूत्रीय माग राखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend