logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कांग्रेसले लय समात्न नसक्दाँ समाजमा झनै आक्रोश बढ्यो, गाउँ–गाउँ गएर अब जनतासँग संवाद थाल्छौं: गगन थापा

    कांग्रेसले लय समात्न नसक्दाँ समाजमा झनै आक्रोश बढ्यो, गाउँ–गाउँ गएर अब जनतासँग संवाद थाल्छौं: गगन थापा

    1.7K
    Shares
    कांग्रेसले लय समात्न नसक्दाँ समाजमा झनै आक्रोश बढ्यो, गाउँ–गाउँ गएर अब जनतासँग संवाद थाल्छौं: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा असन्तुष्टि,निराशा र आक्रोश व्याप्त रहेको भन्दै जनतामा रहेको निराशाको समयमै विश्लेषण गर्न सक्नुपर्ने बताएका छन् ।

    शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनमा बोल्दै महामन्त्री थापाले समाजमा निराशा र आक्रोश बढ्नुको कारण देशकै ठूलो र पूरानो पार्टी कांग्रेसको लय समात्न नसक्नु भएको टिप्पण्ी गरे ।

    उनले भने, ‘आज समाजको आक्राश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पापर्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ ।’

    अन्य दलले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने बताउँदैथापाले कांग्रेसले लय समात्न नसक्दा देश नै निराशाजनक अवस्थामा पुग्ने बताए ।

    आउँदो भाद्रदेखि आफू कम्तिमा एक महिना काठमाडौं छाडेर ३०–३५ जिल्लाको भ्रमणमा निस्कने योजना सनुाउँदै महामन्त्री थापाले तल्लो तहसम्म गएर जनसंवाद यात्रा गर्ने र तलका कार्यकर्ता साथीहरुको कुरा माथि बसेकाहरुको बीचमा ल्याउनेबारेमा सोचेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend