logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • संघीय संरचनात्मक राज्यमा प्रादेशिक पहिचानसहितको नागरिकता दिइनुपर्छ : अब्दुल खान

    संघीय संरचनात्मक राज्यमा प्रादेशिक पहिचानसहितको नागरिकता दिइनुपर्छ : अब्दुल खान

    1.4K
    Shares
    संघीय संरचनात्मक राज्यमा प्रादेशिक पहिचानसहितको नागरिकता दिइनुपर्छ : अब्दुल खान

    काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले प्रादेशिक पहिचानसहितको नेपाली नागरिकता दिन माग गरे । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै देश संघीय संरचनामा भएको उल्लेख गर्दै उनले प्रादेशिक पहिचानबिनाको नागरिकता अधुरो हुने बताए ।

    उनले भने, ‘नेपालको संविधानको धारा १० को उपधारा २ मा स्पष्ट लेखिएको छ, नेपालमा प्रादेशिक पहिचानसहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ । यसरी संविधानले नै प्रादेशिक पहिचानसहितको नागरिकताको स्पष्ट व्यवस्था गरिसक्दा हालमा जिल्ला प्रशासन कार्यालयहरुले वितरण गरिरहेको नागरिकतामा प्रदेश किन खुलाइएको छैन ? देश संघीयता र नयाँ संरचनामा गएको ८ वर्ष भइसक्यो । यस अवस्थामा कुनैपनि ठेगाना बिना प्रदेशको अधुरो हुन्छ । नागरिकतामा प्रदेश किन उल्लेख हुँदैन ? तसर्थ प्रदेश उल्लेख गरि नागरिकता प्रदान गर्नुपर्दछ भनेर सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

    उनले जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता प्राप्त गर्न माग गर्ने कागजपत्र धेरै र झन्झटिलो भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । कागजपत्रको झन्झटले गरिब र निरक्षर नागरिक नागरिकताबाट विमुख हुनुपर्ने अवस्था रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend