logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

    १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

    2K
    Shares
    १० वर्षीया बालिकामाथि  बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ

    रुपन्देही । रुपन्देहीको सुद्धोधन गाउँपालिकास्थित मानपकडीमा १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६५ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ ।

    जिल्लाको सुद्धोधन गाउँपालिका–५ का शिव भारतीलाई बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।

    शुक्रबार बेलुका भारतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिएका छन् ।

    शुक्रबार दिउँसो आफ्नै घर नजिकै खेल्दै गरेकी बालिका बलात्कृत भएको उनकी आमाले बेलुका ८ बजेमात्र सूचना पाएकी थिइन् । बालिकाले नै आफूँमाथि भएको घटनाबारे आफ्नी आमालाई बताएकी थिइन् ।

    त्यसपछि पिडीत बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन् । घटना को सूचना पाएसँगै प्रहरीले एसपी विकले बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरेको थियो ।

    ‘बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ, एसएसपी बिकले भने। आरोपी भारतीलाई छुटाउनका लागि दवाव आउन थालेपछि पीडित परिवार घर छाडेर बुटवलस्थित आफन्तको आश्रयमा बसेका छन् ।

    ‘सामान्य हो भन्दिनु भनेर दवाव आईरहेको छ, त्यसैले उहाँहरु घर छोडेर आफन्तकोमा गएर बस्नु भएको छ,’ एक छिमेकीले भने। सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे जानकारी पाएको भन्दै आफूले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई सो घटनामा कानूनी कार्वाहीमा पीडितलाई सहयोग गर्न भनेको बताए ।

    एकजना महिलाले घटना सामान्य हो भनेर प्रहरीलाई नै फोन गरेको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । ‘एकजनाले घटना सामान्य हो म बालिकाको आमा हुँ भनेर फोन गर्नुभएको थियो, त्यो बाहेक अन्य कसैले आरोपीलाई छोड्नु पर्‍यो भन्नुभएको छैन,’ उनले भने।

    प्रहरी प्रमुख बिकले कसैले दवाव दिँदैमा आरोपितलाई नछोडिने बताए । ‘आरोपीमाथी अनुसन्धान सुरु भएको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिन्छौँ’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend