logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेको अवरोध कायमै, आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

    प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेको अवरोध कायमै, आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

    1.7K
    Shares
    प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेको अवरोध कायमै, आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

    काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (बिहीबार) पनि राष्ट्रियसभाको बैठक अवरुद्ध पारेको छ। दिउँसो १ बजे बैठक सुरुमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए ।

    बैठकको सुरुमै समय लिएर बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन सञ्चान हुन नदिने बताए ।

    केही दिनअघि प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको एमालेको आरोप छ ।

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको थियो ।

    एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न योग्य नभएको आरोप लगाए ।

    ‘आज सामाजिक सञ्जालमा सदनले बनाउने भनेको प्रधानमन्त्री दिल्लीको आदेश र निर्देशनमा बन्दो रहेछ भन्ने चर्चा भएको छ । यसले हामी नेपालीको शीर निहुरेको छ ।’ एमाले सांसद श्रेष्ठले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend