logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कैलालीमा साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

    कैलालीमा साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

    2K
    Shares
    कैलालीमा साढे २८ किलो गन्धकसहित १ जना पक्राउ

    कैलाली । जिल्लाको कैलारी गाउँपालिका–३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले बारुद तथा विस्फोटक पदार्थ बनाउन प्रयोगमा आउने साढे २८ किलो गन्धकसहित एक जनालाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले भारत घर बताउने ४२ वर्षीय शिवा गुप्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

    साइकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले पक्राउ गरेको हो ।

    उनले के प्रयोजनका लागि गन्धक ल्याएको हो भनी एकिन हुन सकेको छैन् । बरामद गन्धक तथा साइकलसहित गुप्तालाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend