logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गौर हत्याका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै मधेशमा प्रदर्शन

    गौर हत्याका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै मधेशमा प्रदर्शन

    4.7K
    Shares
    गौर हत्याका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै मधेशमा प्रदर्शन

    जनकपुरधाम । गौर हत्याकाण्डमा संलग्न भएका दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग सहित गौरमा प्रदर्शन गरिएको छ । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको ज्यान गएको थियो ।

    उक्त हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’, ‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

    २०६३ साल चैतमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकामस्थित राइसमिलमा बेग्लाबेग्लै राखेको कार्यक्रमको समयमा झडप भएको थियो ।

    उक्त घटनामा माओवादी कार्यकर्ता ठूलो संख्यामा ज्यान गएको थियो । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिइएको भएपनि कारबाही नगरिएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।

    प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend