logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

    काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

    2.5K
    Shares
    काठमाडौं महानगर ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

    काठमाडौं । ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका छनोट गरिएको छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने छ ।

    उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको आयोजकले महानगरलाई पत्र पठाउँदै जानकारी दिएको छ ।

    ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौं,’ आयोजकले महानगरलाई पठाएको पत्रमा भनिएको छ ।

    यो अवार्ड कार्यक्रम विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित संख्यामा अवार्डका लागि मनोनयनमा पर्ने गर्दछन् ।

    अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचारप्रसार गरिन्छ । यस्तै सम्मानित हुने शहरमा पर्यटनको मूल्य र पेशाका विभिन्न महत्वपूर्ण निधीहरुकाबारेमा पनि चर्चा गरिन्छ ।

    स्थानीय तहका अधिकारी, सम्मानित संस्थाका अधिकारी तथा प्रतिनिधि, गन्तव्य प्रवर्धक सो कार्यक्रममा सहभागिता जनाउने छन् । मेयर बालेन्द्र शाह उक्त अवार्ड कार्यक्रममा सहभागी हुन स्वीट्जरल्याण्ड जाने उनको सचिवालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend