logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • केन्द्रीय कमिटीका एजेन्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

    केन्द्रीय कमिटीका एजेन्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

    1.3K
    Shares
    केन्द्रीय कमिटीका एजेन्डा तय गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

    बैठकमा माओवादी केन्द्रको साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा छलफल गर्ने अजेण्डा र तयारीबारे छलफल भएको उनले बताए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमण भएको समयमा बैठक बसेको हो।

    ‘१७ गते हुने केन्द्रीय कमिटी बैठकका लागि अजेण्डा तय गर्न बैठक बसिएको हो । अध्यक्ष प्रचण्डले तपाईंहरु म नभए पनि बेसेर अजेण्डा तय गर्नु भन्नु भएकाले बैठक बसेको हो।’ महराले भने ।

    अध्यक्ष प्रचण्ड इटाली भ्रमणमा छन्। आज साँझ फेरि बैठक बस्ने पनि महराले जानकारी दिए। डेढ बर्षपछि साउन १७ गते माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend