logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजेसम्म स्थगित

    केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजेसम्म स्थगित

    1.3K
    Shares
    केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो ४ बजेसम्म स्थगित

    साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो पुनः बस्नेगरी स्थगन भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान साँढे ८ बजेबाट बसेको बैठक दिउँसो बस्नेगरी स्थगन भएको हो । बैठक कार्यवाहक पार्टी अध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा बसेको थियो ।

    माओवादी कन्द्रले साउन १७ गतेका लागि केन्द्रीय कमिटी बैठक डाँकेको छ । आजको बैठकले मुलतः केन्द्रीय कमिटीको बैठकका एजेण्डाबारे छलफल गरेको जनाइएको छ ।

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर इटाली भ्रमणमा गएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend