logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • जाजरकोटमा बालिका बलात्कृत, मिलापत्र गर्न परिवारमाथि चौतर्फी दबाब

    जाजरकोटमा बालिका बलात्कृत, मिलापत्र गर्न परिवारमाथि चौतर्फी दबाब

    3.9K
    Shares
    जाजरकोटमा बालिका बलात्कृत, मिलापत्र गर्न परिवारमाथि चौतर्फी दबाब

    वीरेन्द्रनगर । जाजरकोटमा एक जना बालिका बलात्कृत भएकी छन् । जिल्लाकै ३० वर्षीय दीपक रोकायाले उनको घरमा कोही नभएको मौका छोपेर बलात्कार गरेको घटना भएको खुलेको छ ।

    बालिकाका बुवा गोठालो गएको र आमा उपचारका क्रममा भारत रहेका बेला साउन ६ गते राति बालिकामाथि बलात्कार भएको उनका आफन्तले बताएका छन् ।

    बालिकाका दाजु नाता पर्ने एक नातेदारका अनुसार घटना मिलापत्रका लागि बालिकाको परिवारमाथि चौतर्फी दबाब आइरहेको छ । घटना भएको ३ दिनपछि प्रहरीले मुद्दा गर्दा गरे पनि घटनाबारे चासो नदेखाएको उनले दुखेसो पोखे ।

    उनले भने, ‘सुरुमा घटना भएपछि बालिकाका बुवालाई बलात्कार गर्ने पुरुषको आमाले तिलहरी दिएर बिहे गर्ने आश्वासन दिइन् । बालिकाका बुवाले नमानेपछि ३ लाख जति पैसा लिएर पनि आएका थिए । घटना मिलाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबै लागिपरेका छन् । ’ उनले भने ।

    सँगै बालिकालाई ई–कोन (आकस्मिक गर्भनिरोधक चक्की) खुवाउनु भनेको भिडियो समेत सार्वजिक भएको छ । ‘बालिकाका बुवालाई जिल्ला प्रहरी कार्यालयबाट फोन गरेर एक प्रहरीले डाक्टरले इकोन खुवाउनु भनेका छन्,’ भिडियोमा भनिएको छ ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी सन्तोष रोकाले बालिका बलात्कारको जाहेरीपछि दर्ता भएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।

    उनका अनुसार २ जनालाई पक्राउ पुर्जी समेत जारी भएको छ । उनीहरु अहिलेसम्म समातिएका भने छैनन् । प्रहरी टोलीले खोजी गरिरहेको उनले बताए ।

    डिएसपी रोकाले प्रहरीले ई–कोन खानु भनेको बारे भने आफूलाई जानकारी नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend