logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

    कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

    2.5K
    Shares
    कोशी प्रदेशका सभामुख गौतमले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा गरेका छन्।

    उनले आज (मंगलबार) दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि दिएका छन् ।

    माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्याग गरेका हुन्।

    उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको छ ।

    सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गौतमले प्रदेशको स्थायित्वका लागि आफ्नो राजीनामा उचित हो भन्नेमा आफू सहमत नभए पनि परिस्थितिले बाध्य भएको प्रतिक्रिया दिए ।

    ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो । तर परिवेशले मलाई त्यहाँ पु¥यायो र मैले त्यो (राजीनामा) गर्ने भएँ ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend