logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • झडपपछि झापा कारागारको अवस्था सामान्य

    झडपपछि झापा कारागारको अवस्था सामान्य

    3.1K
    Shares
    झडपपछि झापा कारागारको अवस्था सामान्य

    विराटनगर । चौकीदारको सरुवाको विरोधमा भएको झापाको जिल्ला कारागार चन्द्रपुरभित्र भएको झडप साम्य भएको छ ।

    कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय लिएको थियो।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा झडप भएको बताए ।

    झडपपछि कैदीबन्दीले कारागार भित्रै टायर बालेर विरोध जनाएका थिए । कारागार भित्रबाट बाहिर ढुंगामुढा समेत गरेका थिए ।

    ‘कैदीबन्दीलाई सार्ने निर्णयको विरोधमा भित्रबाट बाहिर ढुंगामुढा गरे, मुढा बनाउनका लागि कारागारमा लगेको टायर बालेर प्रदर्शन गरे ।’ उनले भने ।

    शुक्रबार प्रहरीले सरुवाका लागि चौकीदार मनोज लावतीलाई बाहिर निकालेको तर कैदीबन्दीको विरोध र आगजनी प्रयासपछि भने उनलाई कारागार भित्रै पठाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

    कारागारबाटै कैदीबन्दी भाग्न सक्ने अवस्था बनेपछि कारागारलाई घेरी केही राउण्ड हवाइ फायर समेत गरेको उनले बताए ।

    सरुवाका लागि कारागारबाट बाहिर निकालिएका चौकीदार लावतीलाई झापामै छाडेपछि अवस्था सामान्य बनेको प्रजिअ पोखरेलले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend