logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • ‘सक्दैनौं, सक्दै त सक्दैनौ’ भन्दै मिडियामाथि फेरी खनिए रवि

    ‘सक्दैनौं, सक्दै त सक्दैनौ’ भन्दै मिडियामाथि फेरी खनिए रवि

    4K
    Shares
    ‘सक्दैनौं, सक्दै त सक्दैनौ’ भन्दै मिडियामाथि फेरी खनिए रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनमा सञ्चालित ब्लु बस र मोबाइल क्लिनिकबारे सञ्चारमाध्यममा आएका समाचारका हेडलाइनप्रति आपत्ति जनाएका छन् ।

    रास्वपाले मोबाइल क्लिनिक भन्दै सञ्चालन गरेको गाडी मेडिकल कलेजलाई फिर्ता गरेको समाचारप्रति आपत्ति जनाउँदै उनले भनेका छन्, ‘हैट ! हेडलाईन आतंक र हैरानी । सक्दैनौ, सक्दै त सक्दैनौ।’

    उनले भोलि टायर पुरानो भयो भनेर समाचार लेख्न तयार रहनु भन्दै मिडियालाई ब्यांग्यसमेत गरेका छन् । आफ्नो पछि लागेर नपुगेपछि मिडियाहरुले गाडीलाई पच्छ्याएको उनको भनाइ छ ।

    उनले लेखेका छन्– कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालु छ। आज जुगेडी क्षेत्रमा बा–आमाको सेवामा हुनेछ। यो रोकिने होईन, छिट्टै २ वटा हुन्छ। ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडिको पछि रु भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला।

    मिडिया क्षेत्रबाटै राजनीतिमा आएका लामिछाने पछिल्लो समय मिडियाप्रति नै खनिन थालेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend