logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • राजनितिक दलका नेताका कारण संसद् बैठक रोक्न मिल्दैन: रवि लामिछाने

    राजनितिक दलका नेताका कारण संसद् बैठक रोक्न मिल्दैन: रवि लामिछाने

    2.3K
    Shares
    राजनितिक दलका नेताका कारण संसद् बैठक रोक्न मिल्दैन: रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलका शिर्ष नेताका कारण संसद् बैठक रोक्न नमिल्ने बताएका छन् ।

    प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा बोल्दै सभापति लामिछानेले कुनै राजनीतिक दलबिच कुरा नमिल्दा संसद् बैठक रोक्न नमिल्ने बताएका हुन् । उनले सभामुखले भनेको समयमा घण्टी बज्नै पर्ने र संसद बैठक चल्नैपर्ने बताए ।

    उनले संसद बैठक चल्ने बेलामा तिनजना शिर्ष नेताहरु मिलेर किन सल्लाह गर्नुप¥यो भनि प्रश्न समेत गरे । उनले वर्षौदेखिको राजनीतिक हस्तक्षेपले राज्यका निकायहरुलाई निकम्मा बनाइरहेको बताए । सभापति लामिछानेले हरेक निकायमा दलका नेताहरुले आफ्ना मान्छेलाई भर्ति गरेका बताए ।

    उनले भने, ‘सदन चल्ने तोकिएको समयमा सदन किन चल्दैनन ? सदन चल्ने बेला तिन जना शिर्ष नेताहरु मिलेर सल्लाह गर्नुपर्ने किन ? प्रत्येक दिन सदन कतिबेला चल्छ भनेर जनताका प्रतिनिधीहरु बसिरहेका छन् । यो क्रियाकलापलाई रोक्न जरुरी छ । हामीलाई आशंका छ, केहि दलका केहि नेताहरु बसेर यतिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाउँदैन । तोकिएको समयमा सदन चल्छ भनिसकेपछि सदनमा घण्टी बज्नैपर्छ । असन्तुष्टी अभिव्यक्ति गर्ने ठाउँपनि यहि हो । आफ्ना कुरा राख्ने ठाउँपनि यहि हो । संसद् चल्ने र नचल्ने भनेको कुनै अमुक दलको कुरा मिल्दा र नमिल्दा होइन । यहाँ नेपाली जनताका मुद्धामा छलफल हुनुपर्छ । शिर्ष नेताहरुको छलफल भइसकेपछि बिभिन्न भागवण्डाका कुराहरु आउँछन् । भागवण्डाको कुरा आइसकेपछि फेरी संसद् चलिरहेको छ । संसदीय समितिको भागवण्डापनि मिलिसक्यो होला । त्यही भागवण्डा मिलेर पनि संसद् सहज भएको हुन सक्छ । यदी त्यसो हो भने हामी खुसी छौँ । रास्वपा सैद्धान्तिक रुपमा प्रमुख प्रतिपक्षी बन्न गयो । कुनैपनि संसदीय समितिमा ठाउँ छैन । तर, यसबाट हामी चिन्तित छैनौं । हामीले आफूलाई अझ जिम्मेवार भएको महसुस गरेका छौं । आफ्ना मान्छे भर्ति गरेको ठाउँमा नागरिकको विश्वास छैन भनेर हामी कुर्लिन मिल्छ ? आफ्ना मान्छेलाई भर्ति गरेका कारण नेपाली जनतालाई विश्वास छैन । कयौं प्रतिवेदनहरु सिरानीमूनि लुकाएर राखिएका छन् । कहाँ गए ति प्रतिवेदनहरु ? यी सबै कुराको छानविन हुनुपर्छ । सरकारले एउटा हातले एयरपोर्टमा छोडेतापनि सिनामङ्गलमा अर्को हातले समायो भनेर खुसी हुन त सकिन्छ तर, सिनामङ्गलबाट लात्ताले प्वाक्क हानेर छोडीदियो भन्न सकिन्थ्यो होला त । सिनामङ्गलमा नसमातेको भए मालिक कहाँ पुग्थ्यो होला नी । गृहमन्त्रीलाई हौसला बढाउनका लागि अघि बढेको राजनितीक दल हौं हामी । उहाँलाई हौंसलामा कमि नआओस भनेर निरन्तर साथ दिइरहेका छौं । गृहमन्त्रीलाई प्रश्न छ, बाटोमा समातिएको सुन मालिककहाँ जान किन नदिएको होला ? तीन दिनपछि कम्पनीमा छापा मारियो, तीन दिनसम्म किन नपुगीएको होला ? तीन दिनपछि पुग्दा ब्रेक सु नभएको खाली डब्बाहरु भेटियो । त्यो समय किन दिइएको होला ? २० दिनसम्म राजस्व अनुसन्धानको छानविनमा पर्‍यो, जब दबावहरु बढ्दै गए अहिले सीआइबी तर्फ गएको छ । यो २० दिनमा अनुसन्धानलाई प्रभावित हुने कयौं क्रियाकलापहरु भए होलान् । प्रमाण लुकाउने, विदेश भाग्ने काम भए । यी कामहरुको जबाफ कसले दिन्छ ?’

    सभापति लामिछानेले एमाले संसदीय समिति सभापतिको भागबन्डामा लागेको भन्दै यसो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी संसदको प्रमुख प्रतिपक्षी दल बनेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend