logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बेलायती प्रधानमन्त्री सुनकलाई नेपालमा बिदा मनाउन आउन हिमालय जेट अध्यक्ष गुरुङले दिए निम्तो

    बेलायती प्रधानमन्त्री सुनकलाई नेपालमा बिदा मनाउन आउन हिमालय जेट अध्यक्ष गुरुङले दिए निम्तो

    7.6K
    Shares
    बेलायती प्रधानमन्त्री सुनकलाई नेपालमा बिदा मनाउन आउन हिमालय जेट अध्यक्ष गुरुङले दिए निम्तो

    काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले नेपालमा बिदा मनाउन आउन प्रस्ताव गरेका छन्।

    बेलायती प्रधानमन्त्री सुनक र व्यवसायी गुरुङबीच बेलायतको राजधानी लन्डनमा एक औपचारिक कार्यक्रममा भेटका क्रममा गुरुङले उनलाई नेपालमा बिदा मनाउन आउन प्रस्ताव गरेका हुन्।

    सो वार्तालापका क्रममा प्रधानमन्त्री सुनकले गुरुङको ‘स्टार्टअप’ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेट एयरलाइन्सको उडान सञ्चालनबारे जिज्ञासा राखेका थिए।

    ‘हिमालय जेट एयरलाइन्सले कहिलेबाट उडान भर्छ ?,’ बेलायती प्रधानमन्त्री सुनकले गुरुङसँग प्रश्न गरेको तथा सुनक र गुरुङबीच अन्य व्यावसायिक वार्तालाप भएको हिमालय जेट सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार प्रधानमन्त्री सुनकको प्रश्नपछि व्यवसायी गुरुङले सकेसम्म सन् २०२३ बाट हिमालय जेटले औपचारिक उडान सुरु गर्ने बताएका थिए।

    गुरुङले २०२५ बाट मन्टेकार्लो, मकाओ र लासभेगासका लागि नियमित व्यावसायिक उडान गर्ने तयारी भए पनि यो वर्षभित्र नेपालका लागि सिधा चार्टर उडानसँगै विश्वका ३३ प्रमुख सहरमा पनि उडान सञ्चालन गरिने प्रधानमन्त्री सुनकलाई जानकारी दिएका थिए ।

    नेपाल उडान सुरु हुनासाथ अनुकूल समय मिलाएर पशुपतिनाथ र हिमाल अवलोकन गरी बिदा मनाउन आउन गुरुङले प्रधानमन्त्री सुनकलाई प्रस्ताव गरेका हुन्।

    प्रधानमन्त्री सुनकले आगामी सेप्टेम्बरमा आफू भारत भ्रमणमा जान लागेको बताए। व्यवसायी गुरुङले डिसेम्बरमा भारतमा विश्व सुन्दरी प्रतियोगिता आयोजना गर्न जान लागेको बताए। गुरुङ विश्व सुन्दरी प्रतियोगिताको सहआयोजक हुन्।

    बेलायतको कन्जर्भेटिभ पार्टीका डेपुटी चेयरम्यान, सांसद निकी एइकेनलगायतले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री सुनक र हिमालय जेट अध्यक्ष गुरुङलाई निमन्त्रणा गरिएको थियो। सोही कार्यक्रममा दुईबीच व्यावसायिक वार्तालाप भएको थियो।

    गुरुङले लन्डनको हिथ्रो विमानस्थललाई आधार गरेर २०२३ सेप्टेम्बरबाट विश्वव्यापी नियमित उडान गर्ने घोषणा केही महिनाअघि गरेका थिए। यसका लागि उनले आवश्यक तयारी तीव्र गतिमा अगाडि बढाएका छन्।

    लन्डनबाट चाँडै सञ्चालन हुन लागेको हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट नेपाल उडान गर्ने लागेको छ।

    लामो दुरी (लङ हल) मा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय जेटले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपाल उडान गर्न लागेको हो।

    हिमालय जेटले १८ थान ठूला आकार (वाइड बडी) जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने जानकारी आफ्नो अफिसियल वेबसाइटमा उल्लेख गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend