logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • बालकोट पुगेर सुनिल शर्माले ओलीलाई भने, ‘अबको प्रधानमन्त्री तपाईँ हो’

    बालकोट पुगेर सुनिल शर्माले ओलीलाई भने, ‘अबको प्रधानमन्त्री तपाईँ हो’

    2.5K
    Shares
    बालकोट पुगेर सुनिल शर्माले ओलीलाई भने, ‘अबको प्रधानमन्त्री तपाईँ हो’

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा हिरासतमुक्त भएलगत्तै शेरबहादुर देउवालाई नभेटी सिधै बालकोट पुगेका छन् । अदालतको आदेशपछि हिरासतमुक्त भएका सांसद शर्मा आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

    ओलीसँग भेटेपछि शर्माले ओलीसँग भेटेपछि शर्माले सुनौलो नेपालसँग कुरा गर्दै अहिलेको सरकारलाई तानाशाही सरकारको संज्ञा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको राजीनामाको पनि माग गरेका छन् ।

    नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद शर्मासँगको भेटमा सरकार सुनिल शर्माको आवाजबाट तर्सित भएको टिप्पणी गरेका छन् । सरकारले आफ्नो विरुद्ध कोही नबोलोस् भन्नका निमित्त नै शर्मालाई गिरफ्तार गरेको बताएका छन् । देशको सुशासनको लागि जसले पनि आवाज उठाउन पाउने भन्दै ओलीले शर्मालाई गिरफ्तारी गर्नु अहिलेको सरकारको तानाशाही प्रवृति भएको बताएका छन् ।

    शर्माले ओलीलाई भेटे लगत्तै शर्मा अब एमालेमा प्रवेश गर्ने चर्चा चल्न पनि थालेको छ । तर, शर्मालेले आगामी दिनमा आफू कांग्रेसको नेतृत्व गर्ने व्यक्ति भएकाले एमाले प्रवेश गर्ने कुरामा सत्यता नभएको बताएका छन् ।

    उनले भने, ‘चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भयो । हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ ।’

    उनले गृहमन्त्रीले माफी दिँदै राजीनामा माग्दै एक्लै भएपनि संसद अवरोध गर्ने चेतावनी दिए । प्रधानमन्त्रीले अहिले फण्डामात्रै देखाएको जिकिर गर्दै शर्माले आज बस्ने पार्टी संसदीय दलको बैठकमा पनि कुरा राख्ने बताए ।

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशमा छुटेपछि शर्माले केपी ओली राष्ट्रनायक भन्दै जिन्दावादको नारा लगाएका थिए ।शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनाका राख्न नपर्ने आदेशपछि शर्मा छुटेका थिए ।

    अन्तरवार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend