logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • आरजु राणा भन्छिन् ‘ बाँदरलाई परिवार नियोजन गरौँ, बँदेल मारेर खाऔँ’

    आरजु राणा भन्छिन् ‘ बाँदरलाई परिवार नियोजन गरौँ, बँदेल मारेर खाऔँ’

    3K
    Shares
    आरजु राणा भन्छिन् ‘ बाँदरलाई परिवार नियोजन गरौँ, बँदेल मारेर खाऔँ’

    काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले ‘परिवार नियोजन’ गरेर बाँदर नियन्त्रण गर्न सकिने बताइकी छिन् ।

    सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले बाँदरको सङ्ख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने धारणा राखेकी हुन् ।

    किसानहरू बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने उनको भनाई थियो ।

    बँदेल मारेर खाने नीति ल्याउनुपर्ने भन्दै आरजुले भनिन्,‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्‍यो । किनभने बँदेल त खान्छ नि मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरूको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन वर्षमा नियन्त्रण भएछ । त्यस कारण हामीले वन्यजन्तु विभागलाई केही चाहिँ गरेर ल्याऊ भन्नुपर्‍यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’

    ‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ । बाँदरको पहिलादेखि समस्या थियो, बँदेलको पनि समस्या रहेछ । मानिस र जनावरको द्वन्द्वमा के चाहिँ गरिराछ ? संरक्षण गर्नु राम्रो हो, म एकदमै संरक्षण अभियन्ता नै हो । तर मान्छेले खान नपाउने गरी संरक्षण गरेर त फाइदा छैन’,उनले थपिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend