logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • बीएमडब्लुले बढायो दुई वर्ष पुरानो मोडलको बाइकको मूल्य, कति पर्छ अब ?

    बीएमडब्लुले बढायो दुई वर्ष पुरानो मोडलको बाइकको मूल्य, कति पर्छ अब ?

    3.9K
    Shares
    बीएमडब्लुले बढायो दुई वर्ष पुरानो मोडलको बाइकको मूल्य, कति पर्छ अब ?

    काठमाडौं। अरु ब्रान्डहरुले लक्जरियस बाइकको मूल्य घटाउँदा बीएमडब्लु बाइकको भने मूल्य बढेको छ। कम्पनीले मोडल जी ३१० जीएसको मूल्य १७ लाख २५ हजार रुपैयाँ पुर्‍याएको छ।

    यसको मूल्य पहिला १४ लाख ५० हजार रुपैयाँ थियो।

    कम्पनीले अहिले यही बाइकको मूल्य बढाएर बिक्री गर्न लागेको हो। कम्पनीले सरकारको कर बढाएको भन्दै २०२२ मोडल नेपाल नल्याएको जनाएको छ। यो बाइक ३१३ सीसी इन्जिन क्षमताको छ। कम्पनीसँग अहिले स्टकमा जीएस आर मोडल बाँकी छ।

    सरकारले २०० सीसीभन्दा माथिका लक्जरियस बाइकमा लाग्दै आएको सडक कर र अन्तस्शुल्क घटाएको थियो। त्यही अनुसार धेरै दुई पाङ्ग्रे ब्राण्डहरुले आफ्नो २०० सीसीभन्दा माथिको लक्जरियस बाइकको मूल्य घटाइसकेका छन्।

    तर जर्मन लक्जरियस ब्रान्ड बीएमडब्लुले भने आफ्नो बाइकको मूल्य बढाएको छ। बीएमडब्लुको आधिकरिक बिक्रेता हिमालयन मोटोरार्डले बीएस ६ भर्सन जी ३१० आरको १३ लाख ५० हजार र टप भेरियन्टको १३ लाख ७५ हजार रुपैयाँ थियो। तर यसको पनि १ लाख ५० हजार मूल्य बढेको कम्पनीले जनाएको छ। अब यो मोडलको बाइकको नयाँ मूल्य १५ लाख र १५ लाख २५ हजार रुपैयाँ कायम भएको छ।

    कम्पनीले जी-३१० आरआर मोडलको १६ लाख रुपैयाँ मूल्य तोकेर नेपालमा सार्वजनिक गरेको छ। यसको टप भेरियन्टको मूल्य भने १६ लाख २५ हजार रहेको कम्पनीले जनाएको छ।

    कम्पनीले अब नयाँ २०२३ मोडल भने बुकिङ गरेको ३ महिनामा नेपाल आउने जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend