logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छः काँग्रेस

    पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छः काँग्रेस

    2.4K
    Shares
    पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छः काँग्रेस

    काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो सांघातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

    उनले सो घटनाबारे तत्काल संसदलाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भत्र्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रुपमा सरकारले छानविन गर्नुपर्ने समेत बताए ।

    उनले भने, ‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रुरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ । म सिंगो नेपाली काँग्रेसको तर्फबाट, नेपाली काँग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भत्सर्ना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु । र, नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरु पनि मानिसहरुको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानून बमोजिम कडा भन्दा कडा कारबाही गरियोस भन्ने म नेपाली काँग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु ।’

    प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमानै संसदलाई जानकारी गराउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend