logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा

    मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा

    1.8K
    Shares
    मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा

    काठमाडौँ । बाग्मती प्रदेश सरकारले आज तीन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बाग्मती प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

    केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले आज बाग्मतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताए।

    बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समुदायको बाहुल्यता रहेको छ । न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने हिजो र आज दुई दिन सार्वजनिक बिदा दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend