logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटनाः २१ जना घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटनाः २१ जना घाइते, दुईको अवस्था गम्भीर

    2.7K
    Shares
    काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटनाः २१ जना घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौं । काठमाडौं आउँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    गएराति सदरमुकाम तानसेनबाट काठमाडौं आउँदै गरेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका ४ स्थित बारुदखानमा दुर्घटनामा परेको हो।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइते २१ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।

    चालकले ब्रेक फेल भएपछि बस पल्टिएको बताएका छन्।

    पल्टिएको बसले दुईवटा मोटरसाइकलका र दुईवटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend