logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • भक्तपुर चित्तापोल स्थित झोलुङगे पुलमुनी २३ वर्षीय युवकको सब फेला

    भक्तपुर चित्तापोल स्थित झोलुङगे पुलमुनी २३ वर्षीय युवकको सब फेला

    3.3K
    Shares
    भक्तपुर चित्तापोल स्थित झोलुङगे पुलमुनी २३ वर्षीय युवकको सब फेला

    काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका–१० चित्तापोल स्थित झोलुङगे पुल तलको भित्री सडक खण्डमा  एक जना युवक मृत अवस्थामा फेला परेका छन् ।
    सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१३ नयाँ बस्ती सागाँ बस्ने २३ वर्षीय सैलेश भारती मृत अवस्थमा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले सुनौलो नेपाललाई जानकारी दिए ।
    उनका अनुसार झोलुङगे पुल तलको भित्री सडक खण्डमा घोप्टो परी मृत अबस्थामा मानिस छ भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई घटनास्थलमा उक्त सब फेला परेको हो ।
    लासजाँच मुचुल्का कार्य गर्ने क्रममा पुलमा एक जोर जुत्ता, एक वटा मोजा र मृतक नजिक अर्को एक वटा मोजा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend