logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • मधेसमा अभिमुखिकरण कार्यक्रम गर्दै जसपा

    मधेसमा अभिमुखिकरण कार्यक्रम गर्दै जसपा

    2.5K
    Shares
    मधेसमा अभिमुखिकरण कार्यक्रम गर्दै जसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपाल मधेस प्रदेश समितिले सङगठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । आज बिहान ११ः३० बजे कार्यक्रमको उद्घाटन हुने छ ।

    जनकपुर उद्योग वाणिज्य संघको सभा हल जनकपुरधाममा हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख सुशिलकुमार यादवले सुनौलो नेपाललाई जानकारी दिए ।

    उनका अनुसार कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति सदस्य, संघीय परिषद् सदस्य, संघीय सांसद, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश सभा सदस्य, मधेस प्रदेश परिषद् सदस्य, मधेस प्रदेश अन्तर्गतका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारी, पार्टी जिल्ला समितिका पदाधिकारी तथा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, पालिका समितिका अध्यक्ष, जिल्लाका भ्रातृ तथा पेसागत संगठनका पदाधिकारीलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

    जसपाले तीन महिने अभियान सञ्चालन गरी सबै प्रदेशमा सङगठन गठन, पुुनर्गठन, प्रशिक्षण तथा अभिमुखकीरण कार्यक्रमलाई तिव्रता दिइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend