logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • यो साता कतिले बढ्यो सुनको मूल्य ?

    यो साता कतिले बढ्यो सुनको मूल्य ?

    3.2K
    Shares
    यो साता कतिले बढ्यो सुनको मूल्य ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार ३०० ले बढेर कारोबार भएको महासंघले जनाएको हो ।

    महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

    सातामा चाँदीको मूल्यमा भने प्रतितोला ३० रुपैयाँको वृद्धि देखिएको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १४ सय २५ रुपैयाँ कायम भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend