logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • २८ वर्षीय महिला करणी गर्ने १३ वर्षीय बालक बालुवाटारबाट पक्राउ

    २८ वर्षीय महिला करणी गर्ने १३ वर्षीय बालक बालुवाटारबाट पक्राउ

    70.5K
    Shares
    २८ वर्षीय महिला करणी गर्ने १३ वर्षीय बालक बालुवाटारबाट पक्राउ

    बझाङ । बझाङमा २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना १३ वर्षीय बालक पक्राउ परेका छन् ।

     

    हिंडडुल गर्न नसक्ने २८ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक बालकलाई पक्राउ गरिएको बझाङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

    उनका अनुसार जबरजस्ती करणी गरी फरार भएका भनिएका निज बालकलाई प्रहरी पोष्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटार भन्ने ठाउँबाट नियन्त्रणमा लिएको हो ।

    डिएसपी शाहका अनुसार पीडित महिलाकी हजुरआमाले करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे बताएकी थिइन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend