logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौँमा दैनिक रुपमा बढ्दै चोरीका घट्ना

    काठमाडौँमा दैनिक रुपमा बढ्दै चोरीका घट्ना

    3.1K
    Shares
    काठमाडौँमा दैनिक रुपमा बढ्दै चोरीका घट्ना

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका घर भएका लक्षि शेर्पाको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई नगद २० हजार रुपैयाँ र सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका घर भएकी अम्बिका डंगोलको कोठाबाट करिब ४ लाख रुपैयाँ बराबरको सुनको विभिन्न गहना सोमबार दिउँसो चोरी भएको छ ।

    यसैगरी काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेव डेरा गरी बस्ने ललितपुर घर भएकी ५० वर्षीया कमला कुमारीको कोठामा कोही नभएको अवस्थामा ताला फुटाई सुनको विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।  चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend