logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता

    एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता

    6.8K
    Shares
    एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केसर बहादुर बुढाथोकी रहेका छन् ।

    यस्तै उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका हुन् ।

    सचिवमा हस्त पण्डित, नवराज सिलवाल, रत्न गुरुङ र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

    यस्तै उपसचिवमा डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दिएका छन् ।

    उम्मेदवारी मनोनयनको क्रम साँझ ७ बजे सम्मलाई तोकिएको छ । मतदान भने बिहीबार बिहान हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend