logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा पर्यटकको बिचिल्ली

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा पर्यटकको बिचिल्ली

    16.1K
    Shares
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा पर्यटकको बिचिल्ली

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुको बिचली भएको छ ।

    लुक्लाको मौसम खराबीका कारण उडान नहुँदा ती पर्यटकहरु विमानस्थलमा लामो समय प्रतिक्षा गर्नुपरे पनि बस्ने कुर्सी नहुँदा थप सास्ती भोग्नुपरेको हो ।

    लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविर र आइसल्याण्ड पिक आरोहणका लागि आफ्नो ग्राहकलाई लिएर विमानस्थल पुगे पनि बोर्डिङ बाहिर कुर्सीको व्यवस्था नहुँदा लुक्ला जान लागेका विदेशी पर्यटकहरुले निकै असहज महशुस गरेको र त्यस आफूले समेत नमज्जा लागेको ट्रेकिङ गाइड रामकाजी तिवारीले बताए । उनले यो अवस्था मुलुकको लागि पनि राम्रो नभएको भन्दै यसले विदेशी पर्यटकमा नराम्रो प्रभाव पर्ने बताए ।

    तिवारीले भने, ‘विमानस्थलमा बोडिङ गर्नुअघि अगाडीको ठाउँमा बस्ने ठाउँ नै छैन् । यात्रुहरुलाई बस्ने ठाउँ भइदिए स्वदेशी विदेशी यात्रुहरुलाई सहज हुन्थ्यो । हिजो (सोमबार) लुक्लाको सबै उडान डिले भयो । भएपछि डेढ–दुई सय यात्रुहरु पखाइमा थिए । तर त्यहाँ बस्ने ठाउँ थिएन । ठाउँ नहुँदा कोही पर्यटक बुइमै पनि बस्यो । कोही उभ्भिएर बस्यो ।’

     

    बोडिङ लिएर प्रवेश गरेपछि भित्र बस्ने ठाउँ भए पनि बाहिर नहुँदा यात्रुहरुले आन्तरिक टर्मिनलमा सास्ती खेप्नुपर्ने बाध्यता छ । त्यस्तो बस्ने ठाउँको व्यवस्था गर्न कन्जुस्याइँ गरेकोमा आफूलाई आश्चर्य लागेको बताउँदै तिवारीले आफूसँग आएका पर्यटक बिहान ६ बजेदेखि अपरान्ह ४ बजेसम्म उभ्भिएर प्रतिक्षा गर्नुपरेको बताए ।

     

    उनले थपे, ‘बस्ने ठाउँ त छैन छैन् । खाना खानलाई क्यान्टिन पनि छैन् । यसरी विदेशी पर्यटकहरुलाई असहज भए कसरी नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन् ?

    अहिले सिजन सुरु भएसँगै लुक्ला विमानस्थलबाट सगरमाथा आधार शिविर, गोक्योलगायत विभिन्न गन्तव्यमा जाने पर्यटकहरुको चहलपहल धेरै छ । पर्यटकहरु राम्रो संख्यामा आएका छन् । तर देशको अवस्था यस्तो छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend