logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • जसपाको कर्णाली प्रदेशस्तरिय भेला सम्पन्न, समिति पुनर्गठन

    जसपाको कर्णाली प्रदेशस्तरिय भेला सम्पन्न, समिति पुनर्गठन

    3.2K
    Shares
    जसपाको कर्णाली प्रदेशस्तरिय भेला सम्पन्न, समिति पुनर्गठन

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा)  नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ ।

    बिहीबार सुर्खेतमा आयोजित प्रदेशस्तरिय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रशार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु रहेका छन् । समितिको सचिवमा सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय र कृपाराम बस्नेत र कोषाध्यक्षमा रत्ना विक चयन भएका छन् ।

    यसैगरी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कर्णाली प्रदेशका इन्चार्ज प्रकाश अधिकारीको प्रमख आतिथ्यतामा सम्पन्न भेलाले सुर्खेत जिल्ला समन्वय समिति रुपान्तरण गरेको छ ।

    जीतबहादुर नेपाली अध्यक्ष रहेको समितिका उपाध्यक्षमा गंगा देवकोटा, सचिव भक्तबहादुर थापा, उपसचिवमा गंगे कामी, गाइने कामी र कोषाध्यक्षमा अमृता विक रहेका सो पार्टीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend