
काठमाडौँ । अपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
छातीमा पीडा भएपछि उहाँलाई शुक्रबार राति नै चिरायु अस्पताल भर्ना गरिएको सिंहदरवार प्रहरी बृतका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
्उहाँले भन्नुभयो, “अभिनेता केसीलाई राख्न शुक्रबार हाम्रो बृतमा पठाइएको थियो, चेष्टमा समस्या आयो भनेपछि हामीले राति नै चिरायु अस्पताल भर्नाका लागि पठाएकाछौँ ।”
अभिनेता केसीका विरुद्धमा फिलिम निर्माताका तर्फबाट चन्द्रकला कटुवालको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको सागाँबाट शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका केसीलाई सिंहदरवार प्रहरी बृतमा राखिएको थियो ।
चलचित्र ‘रावायण’ मा खेल्नका लागि केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend