logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • जनार्दन शर्मा भन्छन् २०८४ मा माओवादी एक्लैले बहुमत ल्याउछ

    जनार्दन शर्मा भन्छन् २०८४ मा माओवादी एक्लैले बहुमत ल्याउछ

    2.1K
    Shares
    जनार्दन शर्मा भन्छन् २०८४ मा माओवादी एक्लैले बहुमत ल्याउछ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरि पार्टी निर्माण अभियानमा लागेको बताएका छन्।

    माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए।

    ‘कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ।

    भिमकाय पार्टी टुटफुट भएर सानो भएको छ’ उनले भने, ‘हाम्रै बलबुतामा यसलाई बलियो बनाउने हो ।

    अहिलेको सरकारले इतिहासकै लोकप्रिय काम गरेको छ।हामी यसको बलमा अझै बलियो बन्छौ।’

    अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरि लड्ने उनको दावी छ।

    दशै तिहारका बेलामा समेत पार्टी अभियान नरोक्ने उनले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend