logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

    प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

    2.6K
    Shares
    प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

    अमेरिका र चीन भ्रमणबाट फर्किएको भोलिपल्टै प्रचण्डले बोलाएपछि ओलीसहितका नेता बालुवाटार पुगेका हुन् ।

    ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल र महेश बर्तौला पनि प्रधानमन्त्री निवास पुगेका छन् ।

    भेटघाटको ठोस विषय नखुलाइए पनि प्रधानमन्त्रीनिकट स्रोतले समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बतायो ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमतिबाट सरकार पछि हटेको भन्दै एमालेले आजको सदन अवरुद्ध पार्ने संकेत गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend