logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • इन्द्र जात्रामा धारिलो हतियार प्रहार, युवकको मृत्यु

    इन्द्र जात्रामा धारिलो हतियार प्रहार, युवकको मृत्यु

    6.3K
    Shares
    इन्द्र जात्रामा धारिलो हतियार प्रहार,  युवकको मृत्यु

    काठमाडौँ । काठमाडौँको हनुमानढोकामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का १७ वर्षीय शनी कार्कीको मृत्यु भएको छ ।

    गएराति इन्द्रजात्रा हेर्न गएका निज युवकको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । उनको छातीमा धारिलो हतियार प्रहार भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

    उनका अनुसार घटनामा सम्लग्न भएको अशंकामा दुई जनालाई नियन्त्रणमा लिइ उनीहरुमाथि अनुसन्धान जारी रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend