logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक छ : लामिछाने

    अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक छ : लामिछाने

    1.8K
    Shares
    अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक छ : लामिछाने

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा यो व्यवस्था गुम्छ कि भनेर धेरै सांसदहरूमा चिन्ता देखिएको बताउँदै कसका कारण व्यवस्था खतरामा छ छुट्याउन आग्रह गरे ।

    उनले भने– ‘यो व्यवस्था गुम्छ कि भनेर धेरैमा चिन्ता देखियो । तर म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु, के यो व्यवस्था, यो संविधान, अरु कसैका कारण खतरामा छ कि तपाई हाम्रै चरित्र, तपाई हाम्रै व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ । हामीले व्यवस्था जोगाउनका लागि प्राथमिकता दिएको भए आज यो चिन्ता गर्ने अवस्था आउने थिएन । अहिले हामी यो व्यवस्था जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाइरहेका छौँ छातीमा हात राखेर सोच्ने बेला आएको छ ।’

    सांसद लामिछानेले यो व्यवस्थाको चिन्ता हुन्थ्यो भने जेलमा बसेका मानिसहरूलाई कसरी छुटाउने, अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउने भन्ने कुराको चिन्ता नहुने बताए । उनले दलहरूलाई व्यवस्था जोगाउन भन्दा पनि आफ्ना मान्छे जोगाउनु प्राथमिकतामा रहेको टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend