logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • देश बिग्रियो भनेर अहिले नै निराश नबनौँ : कांग्रेस महामन्त्री थापा

    देश बिग्रियो भनेर अहिले नै निराश नबनौँ : कांग्रेस महामन्त्री थापा

    1.1K
    Shares
    देश बिग्रियो भनेर अहिले नै निराश नबनौँ : कांग्रेस महामन्त्री थापा

    गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश बिग्रियो भनेर अहिले नै निराश नबन्न आग्रह गर्नु भएको छ । उहाँले नेतृत्व बदल्ने सम्हाल्ने काम युवाहरुको काँधमा आएको भन्दै अहिलेको काम गरिबी र बेरोजगारी चिर्दै र हटाउँदै सबैलाई सम्हालेर अघि बढ्ने बताउनु भयो ।

    महामन्त्री थापाले नागरिकहरुले व्यवस्था बदल्न नचाहेको तर नेतृत्वको अनुहार र आचरण बदल्न चाहेको बताउनुभयो  शनिवार गुल्मीको सदरमुकाम तम्घासमा शुरु भएको नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले आउँदो महाधिवेशनबाट आफूहरुले पार्टी सञ्चालनको तरिका बदल्न चाहेको बताउनुभयो ।

    उहाँले अबको निर्वाचनमा कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो । चुनाव हारे पनि फरक नपर्ने भन्दै नेता थापाले चुनाव हारिन्छ भनेर गठबन्धन गर्नु जस्तो राजनीतिक भ्रष्टाचार अब कांग्रेसले नगर्ने स्पष्ट पार्नु भयो ।

    आर्थिक, नैतिक र राजनीतिक भ्रस्टाचार सबैभन्दा ठूलो अपराध भएको भन्दै उहाँले त्यस्तो अपराध गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो । गणतन्त्रमा गणतन्त्रका लागि प्रश्न गर्न पाइन्छ तर प्रश्न गरयो भन्दैमा कसैको मुख थुन्न नपाइने भन्दै सरकारले बोल्न पाउने हकको सुरक्षा गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

    नेपालका राजाहरुको बदनियतका कारण राज संस्था गएको भन्दै नेता थापाले मूर्ति बेच्नेहरुले धर्मको रक्षा गर्न नसक्ने बताउनु भयो । उहाँले जुवाको च्याँखे खालमा गएर दाउ नहान्न राजालाई आग्रह गर्नुभयो । थापाले जुवा खेल्ने भए सिधै खालमा आएर कांग्रेससँग भिड्न राजालाई चुनौती दिनुभयो ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, नैनसिं महर, चन्द्र बहादुर केसी, प्रदेश सभापति अमरसिङ पुन, उप सभापति भुवन प्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले वर्तमान राजनीति र आगामी दिनमा पार्टी नेतृत्वले खेल्नु पर्ने भूमिका लगायतका विषयमा आआफ्ना धारणाहरु व्यक्त गर्नु भएको थियो ।

    दुइ दिनसम्म चल्ने दोस्रो जिल्ला सम्मेलनले कांग्रेसको गुल्मी घोषणापत्रसँगै पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा समेत तय गर्ने पार्टी जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिनु भयो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend