logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच भिड्दै

    नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच भिड्दै

    962
    Shares
    नेपाल सुपर लिग : आज ललितपुर र चितवनबीच भिड्दै

    काठमाडौँ, २९ मङसिर । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।

    साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन् ।

    आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन् । यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

    यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ ।

    पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ । पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend