logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद लगातार दोस्रो खेलमा नेपाल पराजित

    अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद लगातार दोस्रो खेलमा नेपाल पराजित

    15K
    Shares
    अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद लगातार दोस्रो खेलमा नेपाल पराजित

    काठमाडौँ । दुबईमा जारी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

    अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ८८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई जीतसम्म डोर्याउन सकेनन् ।

    उनले १ सय ८ बलमा ९१ रन बनाउँदै टोलीको स्कोरलाई अघि बढाएका थिए । उनले यस क्रममा १३ चौका प्रहार गरे । कुमालबाहेक अन्य ब्याट्सम्यानले खुलेर रन बनाउन सकेनन् ।

    कप्तान देव खनाल २४ रन बनाएर पभेलियन फर्किए भने गुल्सन झाले १७ रन तथा दीपक बोहराले १५ रन बनाए । त्यस्तै दीपेश कँडेलले ११ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले जमसिद जादरानको शतकीय पालीको मद्दतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । रिटायर्ट आउट हुन अघि जादरानले १ सय ५२ बलमा १ सय ६ रन बनाए । उनले आठ चौका प्रहार गरे ।

    त्यस्तै, विकेटकिपर नुमान शाहले ६० रन तथा राहिमुल्लाह जुरमातीले ३५ रनको योगदान दिए । नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले २–२ विकेट लिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend